चिनियाँ साथीलाई भेटेर घर फर्किएकी एक महिलालाई श्रीमानले बाथरुममा थुने



STOCKHOLM 20061129 Vinterkräksjukan gör sig påmind i år igen. En kvinna kvinna som mår illa sitter på golvet bredvid en toalettstol. Foto Fredrik Sandberg / SCANPIX / Kod 10180

एजेन्सी । हाल विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण एउटा अनौठो घटना घटेको छ ।

आफ्नी श्रीमतीले एक चीनीयाँ महिलासँग भेटघाट गरेको थाहा पाएपछि एक व्यक्तिले श्रीमतीलाई बाथरुममा थुनेका छन् । श्रीमानबाट बाथरुममा थुनिएकी ती महिलाले पुलिसलाई फोन गरेकी थिइन् ।

घटनाको सुचना पाएपछि प्रहरी उनीहरु बसिरहेको अपार्टमेन्टमा पुगेको थियो । महिलालाई बाथरुमबाट बाहिर निकालेपछि प्रहरीले उक्त पुरुषलाई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा कोरोना भाइरस सर्ने डरले आफूले यस्तो हर्कत गरेको ती व्यक्तिले जनाएका थिए । उनले डाक्टरकै सल्लाह अनुसार श्रीमतीलाई बाथरुममा थुनेको प्रहरीसमक्ष बयान दिएका थिए ।

डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको डरले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको स्रोतले बताएको छ ।

श्रीमतीले श्रीमानमाथि आपराधिक कारवाही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गिरफ्तारीबाट बचेका छन् । हाल विश्वका ८० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

संसारभरी कोरोना भाइरसका ९३ हजार ५ सय ७३ संक्रमित छन् भने यसबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४ पुगेको छ । साथै ५१ हजार ४३ जना मानिस निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्