भक्तपुर अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।

बागमति प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश अस्पताल भक्तपुरमा सुरू गरिएको छ. ।पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभयो ।

अभियानको सुरूवात गर्दै बस्नेतले स्वास्थ्य नै सबैभन्दा अमुल्य धन भएकोले आफ्नो स्वास्थ्यको लागि सबैले सचेत हुनुपर्ने बताउनुभयो ।नियमित रुपमा स्वास्थ्य परीक्षण गरेमा रोगको सुरुवाती चरणमै उपचार गर्न सकिने र यसबाट धन र ज्यान दुवै जोगाउन सहयोग मिल्ने उहाँको भनाई थियो ।स्वस्थ समाजको निर्माण गर्नको लागि र जटिल रोगबाट बच्न नियमित स्वास्थ परिक्षण गर्नुपर्ने बस्नेतको धारणा छ.।

भक्तपुर अस्पतालले आफ्नो व्यवस्थापनलाई व्यवस्थित गरि आम नागरिकले उपचारको सहजता प्रदान गर्ने अस्पतालको रुपमा विकासित तथा परिस्कृत गर्न आवश्यकता रहेको औल्याउनुभयो ।

भक्तपुर अस्पतालमा भएका विकृति र विसंगतिलाई हटाउन आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले अस्पतालमा विगतमा समस्याको समाधान गर्ने नभई वहानामा प्रस्तुत हुने गरेको बताउनुभयो । अस्पतालमा रहेका समस्या समाधान र विवादलाई समाधान गर्नु नेतृत्वको मूख्य जिम्मेवारी रहेको औल्याउँदै उहाँले अस्पतालमा समन्वयको अभावका कारण समस्या उत्पन्न भएको बताउनुभयो ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा अति गरिब, महिला, दलित र बिपन्नलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ.। परीक्षण कार्यक्रम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको पहलमा सुरू भएको हो ।

अस्पतालमा चाँगुनारायण र सुर्यबिनायक नगरपालिकाका वडाको सिफारिस लिएर आउने अति विपन्न, दलित, जनजाति, लोपोन्पोन्मुख, सहिद परिवार लगायत द्धन्द पीडित नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ. । आर्थिक स्थिति मध्यम भएकालाई २५ प्रतिशत छुटका साथ स्वास्थ्य परीक्षण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.सुमित्रा गौतमले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भँडेल, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल,सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेब थापा,चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी ,अस्पताल प्रशासन शाखा प्रमुख राजेन्द्र नेपाल,लगायतले कार्यक्रम राम्रो योजनाका साथ सुरू गरीएकोले सफलताको लागि कामना गर्नुभयो ।

आर्थिक अभावका कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिन नसक्ने समूहलाई लक्षित गर्दै प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्ने गरी कार्यक्रम ल्याएको अस्पताल बिकास समिति अध्यक्ष मिलन सुवालले बताउनुभयो ।कार्यक्रम अन्तरगत २ हजार४ सय ६६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष ०७५/०७६ मा नमुनाका रूपमा पाँच जिल्लामा कार्यक्रम लागू गरेको थियो । कार्यक्रम प्रभावकारी देखिएपछि प्रदेश ३ का १३ वटै जिल्लामा लागू गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा अस्पतालमा ब्यापक सुधार आवश्यक रहेकोमा बक्ता र सहभागी सबैले जोड दिंदै अस्पतालले मुहार फेर्नुपर्ने बताउनु भएको थियो । अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेण्ट डा.सुमित्रा गौतमले अबको छ महिनामा भक्तपुर अस्पताललाई अध्यक्ष सुवाल,ब्यबस्थापन समिति,चिकित्सक,कर्मचारी र सरोकारवाला सबैको साथ लिएर व्यवस्थित र सेवा सुबिधा सम्पन्न गराउने कोशिस गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । भक्तपुर अस्पतालाई रिफर सेन्टरको रुपमा मात्र परिणत भएको र अनियमितताको अखडा बनेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्