रहेनन् पौराणिक नाचका गुरु खत्री



बासुदेव शर्मा, जाजरकोट । 

पौराणिक लहरे पैसेरी नाचका गुरु समाजसेवी तत्कालिन जगतिपुर पंञ्चायतका उप प्रधान जगे खत्रीको ८१ वर्षको उमेरमा निधन भएको छ । भेरी नगरपालिका १३ का समाजसेवी लहरे पैसेरी नाचका गुरु जगे खत्रीको निधनले पौराणिक कला संस्कृतिलाई धक्का दिएको छ ।

तत्कालिन पञ्चायती व्यवस्थाको समयमा जगतिपुर गाउँ पंञ्चायतबाट उपप्रधान भएर समाजसेवा गर्दै आउनु भएका जंगे खत्रीको निधनले पौराणिक कला संस्कृतिमा ठुलो क्षेति भएको छ । ८१ बर्षको उमेर भएपनि उहाँ लहरे पैसेरी नाचमा गुरुको भुमिका निर्वाह गर्नु भएको थियो । लहरे नाचमा उहाँ अगुवाको रुपमा नाच्नु हुन्थ्यो ।

उपप्रधान भनेर चिनिने खत्री समाजमा कसैसग रुखो, नमिठो शव्द नबोल्ने सवैलाई समान व्यवहार गर्दै आउनु भएको थियो । उपप्रधान भएको समयमा उहाले एक पक्षलाई आफनो र अर्को पक्षलाई विपक्ष वनाएर काम गर्नु भएन गलत कुरालाई गलत र सत्य कुरालाई सत्य वोल्दै आउनु भएका खत्रीको मृत्युले परिवार लगाएत गाउँ समाज सवैलाई शोकमा डुवेको छ ।

जतिबेला पनि पुरानो लोक संस्कृतिलाई जगेर्न गर्नु पर्छ भन्दै पौराणिक लोक संस्कृतिलाई संरक्षण गर्न उत्प्रेरण दिनु हुन्थ्यो । आफुले सिकेको पौराणिक संस्कृतिलाई वचाउन गाउँ समाज एक जुट हुनु आवश्यक रहेको वताउनु हुन्थ्यो स्वार्गीय खत्री ।

पछिल्लो समयमा भुमेश्वर राधा कृष्ण मन्दिर व्यवस्थापन समितिको आजिवन सदस्य हुनुहुन्थ्यो । गाउँमा भएका पर्यटकिय स्थलको संरक्षण सम्वद्र्धन गर्न उहाँ सक्रियताका साथ मन वचन र कर्मले सहयोगी भुमीका निर्वाह गर्नु भएको थियो । कहिल्यै पनि अर्काको कुभो नसोच्नु सवैलाई सहयोगी भावनाको व्यवाहार देखाउनु पर्छ भन्ने उहाँको शव्द थियो । कसैलाई तितो गर्नु भएन । पछिल्लो समयमा उहाँ नेपाली काग्रेसको क्रियासिल सदस्य हुनुहुन्थ्यो । राजनितिमा सोखिन खत्री गाउँमा हुने कार्यक्रमहरुका सक्रियताका साथ सहभागी भएर जानेका कुराहरु सिकाउने गर्नु हुन्थ्यो ।

उहाँका ६ वटा छोरी र ३ वटा छोरा हुनुहुन्छ । बुवाले देखाएको वाटो, सिकाएको कुराहरु कहिल्यै नभुल्ने सवैलाई आदर सत्कार गर्दै जाने छोरा भोला खत्रीले वताउनु भयो । बुवाको सम्झनामा समाजमा केहि न केहि देखिने काम गर्ने बुवाको सपनालाई साकार पर्ने छोराहरुले वताउनु भएको छ ।

समाजसेबी बुद्धीजिवी पौराणिक कला संस्कृतिका धनी स्वार्गीय खत्रीको सम्झनामा भुमेश्वर राधा कृष्ण मन्दिर व्यवस्थापन समितिले फाल्गुन २५ गते शद्धान्जी सभाको कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्