काभ्रे गोल्डकप चैतमा



नेपाल समाचारपत्र, काभ्रे । 

काभ्रे जिल्ला फुटबल संघको आयोजनामा दोस्रो काभ्रे गोल्डकप २०७६ धुलिखेलको फुटबल मैदानमा आगामी चैत्र १३ गतेदेखि २२ गतेसम्म हुने भएको छ।

प्रतियोगितामा ‘७ ए डिभिजन’ टोली तथा काभ्रे, सिन्धुपाल्चोक र दोलखा गरी १० टिमको सहभागिता रहनेछ। जिल्लाकै ठूलो पुरस्कार राशिको उक्त प्रतियोगितामा विजेता हुने टोलीले ६ लाख नगद प्राप्त गर्नेछन्। यो गत संस्करणको भन्दा २ लाख रुपियाँ बढी पुरस्कार हो। त्यस्तै, दोस्रो हुने टोलीले ३ लाख रुपियाँ पाउनेछन्। हरेक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पुरस्कार पाउनेछन्।

प्रतियोगितामा ४८ लाख २५ हजार खर्च हुने प्रतियोगिताका मुख्य संयोजक अमित खोँजु श्रेष्ठले जानकारी दिएका छन्। पहिलो संस्करणको गोल्ड कपमा ५० लाख खर्च भएकोमा १० लाख रुपियाँ घाटा भएको कोषाध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्