प्रहरी टिम च्याम्पियन



नेपाल समाचारपत्र, राजविराज।

नेपाल प्रहरी क्लब पाँचौं राष्ट्रव्यापी लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति जुडो प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ। राजविराजमा भएको प्रतियोगितामा प्रहरीले ९ स्वर्ण, ३ रजत र २ कांस्य जित्यो।

\दोस्रो भएको नेपाल आर्मीले ५ स्वर्ण र ४ रजत हात पार्‍यो। तेस्रो स्थानमा रहेको बाँकेले २ रजत र उत्तिनै कांस्य प्राप्त गर्‍यो। शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे।

प्रतिक्रिया दिनुहोस्