सुदूरपश्चिमलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं । 

सुदूरपश्चिम ११ स्पोर्टस् क्लबले मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको चौथो नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ।

मंगलबार धनगढी रंगशालामा भएको फाइनल खेलमा सुदूरपश्चिमले ललितपुरको थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले माथ दिएको हो।

टोलीका लागि विक्रम सिंह ठकुरीले निर्णायक गोल गरेका हुन्। खेलको २८औं मिनेटमा फ्रिकिकमा अनन्त तामाङले ब्याक हेडर पासमा विक्रमले गोल गर्न सफल भएका हुन्। योसँगै सुदूरपश्चिम प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्यो। विजेता टोलीले २१ लाख १ रुपियाँ र उपविजेता टोलीले १० लाख १ रुपियाँ हासिल गरे।

प्रतिक्रिया दिनुहोस्