तारापोखरी भिरमा जीप दुर्घटनाः तीनको मृत्यु, चार घाइते



न्युज अफ नेपाल, सुर्खेत।

सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकैको भिरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन् ।

सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगर तर्फ आउदै गरेको जीप भीरबाट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्