एमसीसी सम्झौता जस्ताको त्यस्तै पास हुनुर्छ : सभापति देउवा



ललित सिंह बझाङ ,कैलाली ।

नेपाली कांग्रेसमा पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी सम्झौता जस्ताको त्यस्तै पास हुनुपर्ने बताएका छन् ।

देउवाले नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउने उद्देश्य सहित सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँग गरेको सम्झौता जस्ताको तेस्तै पास हुनुपर्ने बताएका हुन् ।

बुधबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले एमसिसी संशोधन नगरि पास हुनुपर्ने बताएका हुन । उनले एमसिसीबाट नेपाललाई ठुलो रकम प्राप्त हुने भन्दै जस्ताको तेस्तै पास गरेर कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

यस्तै थप प्रसंगमा बोल्दै सरकार जताततै भ्रष्टाचारमा लिप्त भएको र जनताको चाहाना अनुसार काम गर्न नसकेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले केही काम गर्न नसकेको उनले बताए ।

पार्टीको महाअधिवेशन तोकीएकै समयमा सम्पन्न हुने बताउदै सभापति देउवाले आफ्नो कार्यकाल उपलब्धी मुलक भएको बताए । उनले नेपालमा कोरोना भाईरस भित्रीएकोले सबैलाई सचेत रहन आग्रह गरे । यस्तै पश्चिम सेती र पञ्चेश्वर आयोजना सरकार आफैले बनाउनुपर्ने बताउदै सुदूरपश्चिको विकासको लागि सबैले एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्