साना व्यवसायको विकासमा जोड



काठमाडौं, (नेस)
साना व्यवसायको विकासमा बाधा पुर्याउने नीति र नियममा अवरोध न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय छलफलका क्रममा बागमती प्रदेशको राजधानी हेटाैंडामा विभिन्न प्रदेशिक मन्त्रालयका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधि छलफल भएको थियो।
कार्यक्रम बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री डा. अरूणप्रसाद नेपालले सरकारको नीति र नियम त्यहाँका उद्यमीलाई अनुकूल व्यवसायको प्रवद्र्धनको लागि भएको बताउनुभयोे। यस्ता छलफलले हामीलाई व्यवसायको प्रवद्र्धनका लागि हाम्रा प्रयास सुनिश्चित गर्न आवश्यक दिशा प्रदान गर्ने बताउनुभयो।
कार्यक्रमको शुरुमा स्थानीय वित्त विज्ञ पवन लोहानीले विद्यमान कर नियम र स्थानीय व्यवसायको दर्ताका प्रावधानका सम्बन्धमा प्रस्तुति दिनुभएको थियो।
‘कर भनेको सरकारले नागरिकलाई लगाएको अनिवार्य भुक्तानी हो। अर्कोतर्फ, शुल्क सरकारद्वारा प्रदान गरिएको सेवाको लागि जनताले गरेको स्वेच्छिक भुक्तानी हुन्। उहाँले कर दर निर्धारण गर्दा सरकारले करदाताको दुवै क्षमता र क्रमशः सेवा पु¥याउने कार्यलाई ध्यानमा राख्नुपर्छ भन्नुभयो।
उक्त छलफल युके एड कोषबाट पूर्णिमा कार्यक्रमको सहयोगमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको साझेदारीमा नेपाल उद्योग परिसंघले आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्