गण्डकी प्रदेशमा स्काउट तालिम



गण्डकी प्रदेशस्तरीय साताव्यापी स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। पोखरास्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा तालिम भएको थियो। तालिमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो।  गण्डकी प्रदेशका हरेक स्थानीय तह र विद्यालयमा स्काउटको तालिम पु¥याउने योजना रहेको उहाँको भनाइ थियो। यसका लागि आउँदो आर्थिक वर्षमा बजेट छुट्याउन सहयोग गर्ने र नेपाल स्काउटसँग सहकार्य गर्ने उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माले समुन्नत विकासका लागि स्काउट अनिवार्य रहेको भन्दै त्यसका लागि हरेक प्रदेशमा स्काउटको तर्दथ समिति चाँडै निर्माण हुने बताउनुभयो। तालिममा गण्डकी प्रदेशका ८६ वटै स्थानीय तहबाट आएका २ सय २८ महिला र १ सय ४३ पुरुष गरी ३ सय ७१ जना सहभागी थिए। तालिम दिन देशभरका विभिन्न जिल्लाबाट ६८ जना कोर्स लिडर र काउन्सिलर उपस्थित थिए।
नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले तालिम लिएका सबै लिडरले आफ्नो क्षेत्रमा तालिम सञ्चालन गर्न सक्षम हुने बताउनुभयो। बन्न आएका व्यक्तिहरू अब जिम्मेवार नागरिक जानकारी गराउँदै अब सबै स्थानीय तह र सरकारी विद्यालयमा स्काउट तालिम उपलब्ध गराउने बताउनुभयो। नेपाल स्काउटले सबै प्रदेशमा अन्तर्राष्ट्रिय आधारभूत तालिम सञ्चालन गर्दै आएको छ।
तालिममा सहभागी सबैलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकको प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमममा संसद् विद्या भट्टराई, प्रदेश सांसद राजिव पहारी, कृष्ण थापा, शेरबहादुर युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले अहिलेको अवस्थामा नेपालमा स्काउटको महत्व बढ्दै गएको धारणा राखेका थिए। नेपाल स्काउटले यसअघि प्रदेश १ र ५ मा प्रदेशस्तरीय तालिम सम्पन्न गरेको स्काउटले गण्डकी प्रदेशमा तालिम सञ्चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्