इस्लिङटनमा एस्पायर मेला २०२०



इस्लिंगटन कलेजले एस्पायर इन्टरकलेज इभेन्ट २०२० आयोजना गरेको छ। फेब्रुअरी २६ देखि २८ सम्म आयोजित इभेन्टमा विभिन्न व्यावसायसंग सम्बन्धित प्रतिस्पर्धाको एक विस्तृत श्रृंखलाको समिश्रण रहेको थियो। स्नातक तह अध्ययनरत विद्यार्थीले फेयर आयोजना गरेका हुन्। एस्पायरले विद्यार्थीको जीवनमा एउटा प्लेटफर्म प्रदान गर्ने लक्ष्य हो। मेलामा सबै सहभागीलाई उनीहरूको अधिकतम् क्षमता देखाउने अवसर प्रदान गरिएको थियो।
मेलामा समय व्यवस्थापन, टिममा काम गर्ने बानी र नेतृत्व शैली उच्च हुने विश्वासलगायतका विषयलाई आधार बनाइएको थियो । प्रतिस्पर्धी विद्यार्थीले न्यूनतम् समय र साधनमा उच्चतम परिणाम देखाएका थिए।
सहभागीहरूले कार्यक्रमको क्रममा टिमवर्कको प्रदर्शन गरेका थिए। प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्षहरू वास्तविक जीवन परिदृश्यहरूको सामना गर्नका लागि उपायहरू पत्ता लगाएका थिए। सबै सहभागीलाई उनीहरूको अनुकुल क्षेत्रबाहिर काम गर्न र विश्व व्यापारको अनुभव र अनुभूति प्रदान गर्दै त्यसमा आफूलाई कसरी समावेश गराउने भन्ने ज्ञान प्रदान गरिएको थियो। मेलामा विद्यार्थीको रचनात्मक सिप, विश्लेषणात्मक क्षमता र प्रस्तुतीकरणको विषय मेलामा समावेश गरिएको थियो। मेलामा बेलायती संस्कृति तथा जीवनशैलीको विषयमा प्रदर्शनी कक्ष राखिएका छन्।
६ फरक अभ्यासहरू गराइएको थियो। जहाँ विद्यार्थीको सीमित समयमा वास्तविक लक्ष्यहरूमा उनीहरूको सीप र क्षमताको प्रयोग गरेको थियो। इभेन्टमा सबै क्षेत्रको मूल्यांकन गरिएको थियो। कार्यक्रममा अप आइकन, मनी मास्टर, दि लास्ट मार्केट कल, कर्पोरेट एलाइट्स, ग्लोबल हिरो र सीईओ अफ ईअर थियो। समापन समारोह ‘फेब्रअरीमा ब्रिटेनमा एक दिन’ भन्ने फन फेस्ट आयोजना गरिएको थियो।  जहाँ विभिन्न स्टलहरू र क्रियाकलापहरू समावेश गरिएका थिए। परम्परागत ब्रिटिस संस्कृति प्रदर्शनीसहित एस्पायर इन्टर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार द ब्रृटिस कलेजले हात पारेको थियो।
सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायतस्थित लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले हरेक वर्ष इभेन्ट आयोजना गरिरहेको छ। कलेजमा बीबीएअन्तर्गत सूचना प्रविधिको तीन वर्षीय कोर्षअन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एन्ड आईटी सेक्युरिटी र मल्टिमिडिया टेक्नोलोजीअन्तर्गत सञ्चालन भइरहेको छ।
व्यवस्थापनअन्तर्गत चार वर्षीय बीबीएमा इन्टरनेसनल विजनेस, फाइनान्स र मार्केटिङ विषयमा अध्ययन गर्ने व्यवस्था छ। कलेजमा अध्ययन गरेका मध्ये करिब ५ हजारभन्दा बढी विद्यार्थीले सरकारी र गैरसरकारी निकाय, बैंक, वित्तिय क्षेत्रका सूचना प्रविधिलगायतका क्षेत्रमा काम गरिसकेका छन्। सूचना प्रविधि क्षेत्रमा उत्कृष्ठ शिक्षा उपलब्ध गराएको कलेजले विभिन्न समयमा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्