स्टील उत्पादनमा तीन प्रतिशत कमी



नयाँ दिल्ली।

भारतमा सन् २०२० को जनवरीमा कच्चा स्टील उत्पादन कूल ९० लाख २८ हजार ८०० टनमा झरेको विश्व स्टील संघले जनाएको छ । यो अघिल्लो वर्षको जनवरीको तुलनामा ३।२६ प्रतिशतले कमी हो ।

भारतले अघिल्लो वर्षको सोही अवधिमा ९० लाख ५९ हजार १०० टन कच्चा स्टील (इस्पात) उत्पादन गरेको स्टीलको अन्तर्राष्ट्रिय निकायले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

स्टील तथा फलामको आपूर्ति गर्ने विभिन्न ६४ मुलुक अवद्ध संघलाई उपलब्ध गराइएको तथ्याङ्क अनुसार सन् २०२० को सुरूको महिनामा १५ करोड ५४ लाख चार हजार टन स्टील उत्पादन भएको छ जुन अघिल्लो वर्षको जनवरीको तुलनामा २.१ प्रतिशतले बढी हो ।

विश्वको सबैभन्दा बढी स्टील उत्पादक मुलुक चीनमा उक्त अवधिमा स्टीलको उत्पादनमा भने वृद्धि देखिएको छ । अमेरिका–चीन व्यापार विवादबीच पनि चीनले गत वर्ष आठ करोड ४० लाख तीन हजार टन स्टील उत्पादन गरेको छ । यो अघिल्लो वर्षको जनवरीको तुलनामा ७।२ प्रतिशतको वृद्धि हो ।

यो समयमा जापानले ८० लाख २० हजार टन उत्पादन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो १।३ प्रतिशतले वृद्धि हो । त्यसैगरी अर्को एशियाली मुलुक दक्षिण कोरियाले उक्त अवधिमा ५० लाख ८० हजार टन स्टील उत्पादन गरेको छ । यो अघिल्लो वर्षभन्दा आठ प्रतिशत कम उत्पादन हो ।

समयमा जापानले ८० लाख २० हजार टन उत्पादन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो १.३ प्रतिशतले वृद्धि हो । वल्र्डस्टीलमा आवद्ध सदस्य राष्ट्रहरूका १६० कम्पनी र विश्वका ठूला १० स्टील कम्पनीमध्ये नौ स्टील कम्पनी आवद्ध यस संघमा राष्ट्रिय तथा क्षेत्रीय स्टील संघ तथा स्टीलबारे अनुसन्धान गर्ने संस्थाहरू जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्