प्रधानमन्त्रीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस सकियो,बुधबार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण गरिदैँ



न्युज अफ नेपाल,काठमाडौँ ।

दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि साेमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको छ ।

मंगलबार बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको टिचिङ अस्पताल स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि सुरु हुने बताईएको छ ।

मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिले रगतमा हुने टक्सिनहरु निकाल्न ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गर्ने गरिन्छ । अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको अहिले प्रत्यारोपण अगाडी गरिने विभिन्न स्वास्थ्य परीक्षणहरु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्