सरकारले जनतालाई निराश बनायो : रामचन्द्र पौडेल



सरोज यादव, विराटनगर। 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताउनु भएको छ । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताउनुभएको हो ।

जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उहाँको आरोप छ । पौडेलले पार्टी भित्र धेरै बिकृतीका विषय उठाए पनि बाहिर केहि नबोल्नु आफूवाट गल्ती भएको बताउनुभयो ।

पार्टी नेतृत्व स्वेच्छाचारी भएका कारण पार्टी भित्र धेरै बिकृती आएको पौडेलको दाबी छ । कार्यक्रममा महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख गोपालप्रसाद शर्मालाई सम्मानित गरिएको थियो । शर्मालाई बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, परिषद्का अध्यक्ष अशोक कोइरालालगायतले माला दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, अमृत अर्याल, नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की, बरिष्ठ साहित्यकार दधिराज सुवेदीलगायतले प्रजातन्त्र स्थापनामा पिताजी कृष्णप्रसाद कोइरालाले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्