तीव्र विकासमा कालिकोटको शुभकालिका गाउँपालिका



कालीवहादुर मल्ल, कालिकोट ।

जिल्लाको शुभकालिका गाउँपालिकाले विकासको गतिमा तीव्रता दिएको छ । सडक निर्माणका चुनौतिको रुपमा रहेको भर्तागाडको चट्टान फोडेर भर्ता, सुकाटिया ठाना गाउँसम्म गाडी पुगेको छ ।

करोडौको लगानी गरेर कुनै प्रगती हुन नसकेको सेरिघाट भर्ता सडक खण्डको चट्टान फोडेर भर्ताको क्वीकेलवाडासम्म गाडी पुगिसकेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले वताउनुभयो ।

भर्तागाडको भिर फोडेर सुकाटियाको ठाना गाउँमा गाडी पुगेपछि यहाँ पुगेको गाडी,गाउँपालिका अध्यक्ष,कार्यपािलका सदस्य र पत्रकारहरुको टोलिलाई समोबार स्वागत गर्नेहरुको घुइचो लागेको थियो ।

यसै आर्थिक वर्षमा गाउँपालिकाको केन्द्र सुकाटिया,हाउडी गाउँ,मुग्राह कालिका,समलागाउँमा पनि सडक खन्ने काम त्रिव्र रहेकाले यसै वर्षमा गाडी पुगाउने लक्ष रहेको गाउँपालिका प्रवक्ता एवम शुभकालिका– ५ का अध्यक्ष केशन शाहीले जानकारी गराउनु भयो ।

कृषकलाई प्रोत्साह भत्ता

घरमा पाँचवटा सम्म भैंसी र ४० वटा बाख्रा पाल्ने किसानलाई मासिक ३ हजार रुपैया अगुवा कृषक प्रोत्साहन भत्ताको व्यवस्था गाउँपालिकाले गरेको छ । यस्तै कृषकहरुलाई गोठे मल,विउविजन,विरुवा लगाएतमा पनि अनुदानका कार्याक्रमहरु रहेका छन् व्याउली,पान्तडी,भर्ता सुकाटीया,ठाना वत्तीस लगाएतका ग्रामिण कृषि सडकहरुलाई पनि गाउँपालिकाले प्रथामिकतामा राखेको छ ।

स्वस्थ्य अधिकार गाउँपालिकाको सरोकार

शुभकालिका गाउँपालिकाले नागरिकको स्वास्थ्य अधिकारलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइले बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष चौलागाँइले आफू निर्वाचित भएपछि पहिलो प्रथामिता स्वास्थ्य क्षेत्रको सुधार रहेको र सोही अनाुसार काम गरिरहेको समेत वताउनु भयो । उहाले स्थानीय सरकारले पनि प्रयाप्त बजेट विनियोजन गरेको र संघिय सरकारबाट ८० करोड बजेट आउने समेत जानकारी गराउनु भयो ।

शुभकालिका गाउँपालिका भित्रका स्वास्थ्य सस्था, इकाइमा खानेपानी,सौचालय,भवन र आवश्यक औषधीको समेत समस्या रहेकोले समाधानका लागि लागिरहेको अध्यक्ष चौलागाईले वताउनु भयो ।

शिक्षा क्षेत्रमा प्रगती

शुभकालिका गाउपालिकाका विद्यालयहरुमा निजिश्रोतवाट शिक्षक राख्ने प्रथाको अन्त्य भएको छ । गाउँपालिकाले निजि श्रोतवाट अध्यापन गराइरहेका शिक्षकहरुको लागि पालिकावाटै अनुदान कोटाको व्यवस्था गरेपछि यस्तो प्रथाको अन्त्य भएको कार्यपालिका सदस्य हिरे सुनार वताउनु हुन्छ । उहाका अनुसार भवन नभएका विद्यालयमा भवन, शिक्षकको दरवन्दी नभएका विद्यालयमा शिक्षक अनुदानको व्यवस्था गरिएको छ ।

१२ सय घरधुरीका लागि घामबाट विजुली

शुभकालिका गाउँपालिकाको समन्वयमा हुरेन्डेक सस्थाको साझेदारीमा राराकाटियामा १ सय ५० वाटको सोलार मार्फत वडा नम्वर ४ र ५ का १२ सय घरधुरीमा वत्ती वाल्ने योजना गाउँपालिकाको रहेको छ । सान जलविद्युत निमार्ण तथा राष्ट्रिय प्रसारण लाइनको लागि पनि पहल भइरहेको प्रवक्ता शाहीको भनाइ रहेको छ ।

गाउँपालिकाको आफ्नै रेडियो

यस गाउँपालिकाले रेडियो शुभकालिका एफएम ९१.१ मेगाहर्ज सञ्चालन गरेको छ । रेडियोवाट शुभकालिका खाँडाचक्र नगरपालिका केहि भाग,महवै गाउँपालिका नागरिक सुशुचित भइरहेको स्टेसन म्यानेजर किरण अधिकारी वताउनु हुन्छ ।

उहाँका अनुसार रेडियो सञ्चानमा आएपछि दुइजना महिला र ३ जना पुरुषले रोजगारीको अवसर पाउनुका साथै गाउँपालिकाका आम नगरिकहरुमा सूचना र सञ्चारको पहुच वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्