कोरोना त्रास : ट्वीटरका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन



काठमाडौं । विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ ।

ब्लग पोस्टमार्फत ट्वीटरले हङकङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सीले निर्देशन दिएका छन् ।

यस्तै, विश्वका विभिन्न देशहरुमा रहेका आफ्ना ५ हजार कर्मचारीलाई समेत घरबाटै आफनो काम गर्न ट्वीटरले बताएको छ । ट्वीटरको मानव संशाधन विभाग प्रमुख जेनिफर क्रिष्टिले भनिन् , ‘हाम्रो लक्ष्य कोरोना भाइरसको सम्भावित फैलावट हाम्रो वरपर र हाम्रो वरपरको विश्वमा रोक्ने हो ।’

प्रतिक्रिया दिनुहोस्