२५ किलो चरेससहित दुई जना पक्राउ



सीताराम अधिकारी, धादिङ । 

२५ किलोग्राम प्रतिबन्धित लागु औषध चरेशसहित प्रहरीले दुई जनालाई मलेखुबाट पक्राउ गरेको छ ।

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलमा जेब्राझोलाभित्र हालि ल्याएको अवस्थामा चरेश सहित दुई जना पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय सन्च बहादुर तामाङ र ४१ वर्षीय मानबिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो । लागु औषध चरेश बोक्न प्रयोग भएको बा ४८ प ९२२५ नम्बरको मोटर साइकल सहित प्रहरीले बरामद गरि जिल्ला अदालतमा पेश गरकेो छ ।

प्रहरीले लागु औषध चरेश ओसार पसार तथा विक्रि हुन लागेको सूचनाको आधारमा सो मोटरसाइकल रोकी चेक जाँच गर्दा जेब्रा झोला भित्र हालेर साना साना चारपाटे आकारमा प्लास्टीकले बेरेर विक्रि गर्न लैजाँदै गर्दा सामाग्री भेटिउको थियो ।

यसैगरि प्रहरीले फरार प्रतिबादी खोजतलास अन्तरगत लागु औषध मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर. ४ का ५० वर्षीय शिवप्रसाद अर्याललाई बुङचुङबाट पक्राउ गरेको हो । जिल्ला अदालतले २०७० पुस २३ गतेको फैसला बमोजिम अर्याललाई लागु औषध चरेश मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

सोही फैसलाको आधारमा हिजो पक्राउ परेका अर्याललाई आज जिल्ला अदालतको आदेश बमोजिम जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी खड्काले जानाकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्