दोस्रो मेयरकप सो-क्योकुसिन कराँते प्रतियोगिता हुँदै



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टिकाभैरबमा दोस्रो मेयरकप सो–क्योकुसिन कराँते प्रतियोगिता हुने भएको छ ।

टिकाभैरब सो–क्योकुसिन कराँते डोजोको आयोजनामा फागुन २३ र २४ गते प्रतियोगिता हुने भएको हो । डोजो प्रमुख रामहरि खड्काले प्रतिस्पर्धामा विभिन्न तौल समूहका पुरुष र महिला खेलाडीले भाग लिने बताउनुभयो ।

उहाँका अनुसार विभागिय टोली सशस्त्र प्रहरी सहित सातै प्रदेशका २५० खेलाडीले भाग लिनेछन् । आयोजक शाखाबाट मात्रै ५० खेलाडीले विभिन्न तौल समूह र खुला समूहमा प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।

तौल समूहको पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५५ र खुला समूहमा र महिलातर्फ ३५, ५० र खुला समूहमा प्रतिस्पर्धा हुने आयोजक शाखाले जनाएको छ । प्रशिक्षकहरु दिनेश नगरकोटी र सुजन नगरकोटी आफ्नो शाखाका सम्पूर्ण खेलाडीहरुलाई प्रतिस्पर्धाका लागि तयारी अबस्थामा राखेको शाखाले जनाएको छ ।

प्रतिस्पर्धा जित्ने खेलाडीलाई मेडल, नगद सहित पुरस्कृत गर्ने आयोजकको भनाई छ । आयोजकले कार्यक्रममा विभिन्न खेल प्रदशर्नीहरु समेत प्रस्तुत हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्