बसन्तपुरमा चीर ठड्याइएसँगै आजबाट होली पर्व सुरु (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

राजधानीको बसन्तपुरमा चीर ठड्याएसँगै रङको पर्व होली आजबाट सुरु भएको छ ।

हरेक वर्ष बसन्तपुरमा चीर ठड्याएपछि होलीको औपचारिक सुरुवात भएको मानिन्छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुने मान्यता रहेको छ ।

आज बिहान ७ बजेर ५७ मिनेटमा बसन्तपुरमा चीर ठड्याइएको हो ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रहलादलाई मार्न आफ्रनी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भइन् । होलिकाको मृत्युको विजयोत्सवका रूपमा विभिन्न थरीका रङहरु दलेर यो पर्व मनाइन्छ ।

तस्वीर : सोयम थिङ

 

प्रतिक्रिया दिनुहोस्