भारतीय कम्पनीका औषधि बिक्री वितरणमा रोक



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सरकारले दुई वटा भारतीय कम्पनीको औषधी प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।

भारतीय कम्पनी अट्सुका फर्मास्युटिकल्स प्रालिले उत्पादन गर्ने मेट्रिस र मेट्रोनिडाजोल (ब्याच नम्बर ११८७३६०) र एक्यूलाईफ हेल्थकेयर प्रालिले उत्पादन गर्ने कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन आइपी (ब्याच नम्बर १एच८२९३६) को बिक्री वितरणमा रोक लगाएको हो ।

जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको अस्पतालमा उक्त औषधिमा खराबी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधी व्यवस्था विभागले रोक लगाएको हो ।

खराब देखिएका औषधी परिक्षण भइरहेकाले रिपोर्ट नआउदासम्म ती आषधी प्रयोग नगर्न औषधी विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्