टेकु अस्पतालमा भर्ना भएका चारै जनामा कोरोना संक्रमण नभेटिएको पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चारै जनाको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट आएसँगै उनीहरुमा कोरोना भाइरसको संक्रमण नभेटिएको पुष्टि भएको हो । शुक्रराज अस्पतालमा भर्ना भएका उनीहरु चीन र कोरियाबाट आएका थिए । चीनबाट एक जना र कोरियाबाट आएका ३ जनालई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

हालसम्म २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जनामा भाइरस नभेटिएको पुष्टि भएपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्