परिक्षा केन्द्र पुग्न ६ घण्टा बढी हिड्नुपर्ने, पढाइ छाडेर मजदुरीमा लागे विद्यार्थी



सीताराम अधिकारी, धादिङ । 

एसइइको परिक्षा समेत आफ्नै विद्यालयमा संचालन गर्नु शिक्षा मन्त्रालयमा पहल भइरहेको बेला कक्षा ८ को परिक्षा केन्द्र विवाद उत्कर्षमा पुगेको छ ।

परिक्षा केन्टा धेरैटाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभुत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेर मजदुरी गर्न गएको विद्यालयका शिक्षकहरुले बताएका छन् ।

कक्षा ८ को फारम नभरेर यसरी पढाइ नै छाड्नेहरुमा तिलक तामाङ, सिर्जना तामाङ, सुनदिप तामाङ, रिमला तामाङ र मनोज तामाङ रहेको विद्यालयका शिक्षक जिवन तामाङले बताउनु भएको छ। परिक्षा केन्द्र टाढा राखेर विद्यार्थीहरुलाई दुख दिएको गरिव विद्यार्थीहरुका लागि पालिकाले वेवास्ता गरि धनीका लागि नियम बनाएकोले आफूहरुले परिक्षा छाडेको विद्यार्थीहरको भनाइ छ ।

गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षा हुने भएकोले बेनिघाट रोराङ गाउँपालिकाको शिक्षा शाखाले परिक्षा केन्द्र निर्धारण गर्दा ६ घण्टाभन्दा बढी हिड्नु पर्ने गरि परिक्षा केन्द्र निर्धारण गरेको हो। गाउँपालिकाले पृथ्वीराजमार्ग क्षेत्रका तिनओटा विद्यालयमा मात्र परिक्षा केन्द्र तोकेको । बेनिघाटरोराङमा रहेको १७ विद्यालयका ५ सय ६३ विद्याथीृका लागि बागेश्वरी माध्यामिक विद्यालय, चन्द्रोदय माध्इामिक विद्यालय र शंखादेबि माध्यामिक विद्यालयका लागि परिक्षा केन्द्र तोकेको छ।

महाभारत क्षेत्रबाट परिक्षा केन्द्रमा आइपुग्न ७ देखि आठ घण्टा लाग्छ। गाडी गुड्नका लागि कच्ची बाटोको ट्याक खोलेको भएपनि गाउँबाट यातायात साधान संचालन हुँदैन ।

अकिांस गरिव, चेपाङ तथा जनजातीका विद्यार्थीहरु अध्यायन गर्नेभएकोले स्थानीय सरकारले तोकेको परिक्षा केन्द्र धेरै विद्याथीृका लागि आकाशको फल आँखा तरीमर भएको बालअधिकारका क्षेत्रमा कार्यरत गोकर्ण रुपाखेतीले बताउनुभयो ।

बेनिघाटरोराङ गाउँपालिकाको यो प्रतिनिधि मूलक घटनामात्र हो । गाउँपालिकाले पृथ्वीराजमार्गको छेउमा मात्र तिन ओटा परिक्षा कन्द्र तोकेर कक्षा ८ कोपरिक्षासंचालन गर्ने निर्णयसंगै विवाद उत्पन्न भएको छ ।

स्थानीय सरकारले आधारभुत विद्यालयको व्यवस्थापन गर्नसक्ने संघीय व्यवस्थापछि विद्यार्थीहरुलाई धेरै टाढा र अपायक पर्ने स्थानहरुमा परिक्षाकेन्द्र तोकेपछि समस्या उत्पन्न भएको छ ।

सबैभन्दा गरिव चेपाङ समूदायको बसोबास रहेको छ र अत्यन्तै गरिव समूदायहरुकोबस्नेभएकोले टाढा भएको परिक्षाकेनद्रले गरिवहरुलाई समस्या उत्पन्न भएको हो ।

महाभारतक्षेत्रबाट राजमार्गसम्म आउन कम्तिमा ६ घण्टाभन्दा बढी समय लाग्नेरगरिब भएका कारण सवारी साधन प्रयोग गर्नसमेत नसक्नेअवस्थाका समूदाय यस किसिमको व्यवस्थाबाट समस्यामा परेको बालअधिकारका लागि क्रियाशिल एवं गैर सरकारीसंस्था महासंघकासदस्यरुपाखेतीले बताउनुभयो । अबैधानिक र अव्यवहारिक परिक्षा केन्द्र राखेर बाल अधिकारकोठाडो उल्लंघन भएकोले तत्काल सच्याउन रुपाखेतीले माग गर्नुभएको छ ।

शिक्षकहरु गाउँसम्म परिक्षा लिन जान नसक्ने भएकोले परिक्षा व्यवस्थीत गर्नका लागि परिक्षा केन्द्रराजमार्ग क्षेत्रका तिन विद्यालयमात्र तोकिएको बेनिघाटरोराङ शिक्षा शाखा अधिकृत बोधराज पाठकले बताउनु भयो। गाउँपालिका प्रमखहरी डल्लाकोटीले एसइइको लागि अनुभव गराउनका लागि र दक्ष जनशक्ति बनाउनका लागि यसरी परिक्षा केन्द्र निर्धारण गरेर परिक्षा संचालन गर्न लागेको बताउनुभयो।
यसैगरि थाक्रे गाउँपालिकाले कक्षा ८ का लागि सबैभन्दा पहिला परिक्षा केन्द्र निर्धारण गरि टाढा टाढा राखेको छ। थाक्रे गाउँपालिकाको ४ घण्टाभन्दा बढीसमय लाग्नेगरिपरिक्षा राखेर बालअधिकारको उल्लंघन गरेको बालअधिकारका क्षेत्रमा कार्यरत गैरसरकारीसंस्था महासंघका केन्द्रीयसदस्य गोकर्ण रुपाखेतीले बताउनुभएको छ। परिक्षा मर्यादित बनाउन शिक्षकहरुलाई विद्यालयबाट अर्को विद्यालयमा पठाएरपरिक्षा लिने व्यवस्था गर्न सकिने अवस्था भएपनि गाउँपालिकाले आफू शिक्षा समितिमाभएपनि विना छलफल यस्तो निर्णय गरेको रुपाखेकीको भनाइ छ ।

बेनिघाटरोराङकै जस्तो अवस्थामा थाक्रे गाउँपलिकाले १९ विद्यालयका ५ सय ६५ विद्यार्थीहरुका लागि ९ विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ।

यस सन्दर्भका गाउँपालिकाका अध्यक्ष रामकुमारआचार्यले विद्यार्थीलाई अप्ठेरोपार्नका लागि यस्तो व्यवस्था गरेको नभइ शिक्षाको गुणत्मक विकासगर्न कक्षा ८ को होम सेन्टर हटाइएको बताउनुभयो। गाउँपालिका निमित्ति प्रमुखप्रशासकिय अधिकृत शेषकान्त पौडेलले आफूव्यस्त भएकोभन्दै सूचना दिन इन्कार गर्नुभयो ।

गल्छी गाउँपालिका, गजुरीगाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिकाले पनि विद्यार्थीहरुलाईसमस्या पर्नेगरिकक्षा ८ कोपरिक्षा केन्द्र निर्धारण गरेको छ ।

गल्छी गाउँपालिकाको १५ विद्यालयका ५ वटा परिक्षा केन्द्र, गजुरी गाउँपलिकाको १७ जिलयको १२ परिक्षा केन्द्र, धुनीबेसी नगरपालिकाका २६ विद्यालयका १५ परिक्षा केन्द्रमा त्रिपुरासुन्दरी गाउँपलिकाको १९ विद्यालयको ८ परिक्षाकेन्द्र कायम गरिएको छ।

सिद्धलेक गाउँपालिकाले भने सम्बन्धीत विद्यालयलाईनै परिक्षा केन्द्र तोकिएको छ । गुणस्तर रमर्यादित बनाउने नबनाउने शिक्षकहरुले नै भएकोले उनिहरुले चाहेमा आफ्नै विद्यालयमा परिक्षा केन्द्र भएपनि केही फरक नपर्ने शिक्षा अधिकृत बलराम अधिकारीले बताउनुभयो।
गतवर्षपनि परिक्षा केन्द्रबाट होम सेन्टर हटाए पछि विद्यार्थीहरुलाई धेरै दुख भोगेको अनुभव सुनाउँदै धुनीबेसी नगरपालिका प्रमख बालकृष्ण आचायले अप्ठेरो परेको भएपनि यस वर्षपनि होम सेन्टर हटाइएको बताउनुभयो ।

कक्षा ८ को परिक्षा केही पालिकामा यहि ०७६ चैत १ गतेबट रकेही पालिकामा २ गतेबाटसुरुहुनेसूचना गाउँपालिकाहरुले सूचना जारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्