आमाले छाडेपछिको दर्दनाक दृश्य

वृद्धभत्ताले बचाउँदै तीन जनाको परिवार, पेटभरि नखाएको आठ वर्ष भयो



नेपाल समाचारपत्र, धादिङ

घरमा खानेकुरा सकिँदै थियो सपना तामाङ खटाएर मात्र चामल खाना पकाउने भाँडोमा राख्दै हुनुहुन्थ्यो । पु¥याएर चामल हाल्नुपर्छ । नत्र हजरबुबाको वृद्धभत्ता आउने बेलासम्मका लागि पुग्दैन । थोरै तरकारी आँगन छेउमा लगाइएको छ । पुराना ओड्ने र लुगा लगाएर घरमा भेटिएकी सपना तामाङको दुःख शुरु भएको आठ वर्ष पुगेको छ ।
धुनीबेसी नगरपालिका–५ ढकालखोलाकी ११ वर्षीया सपना तामाङ, १० वर्षीया विपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा तामाङ वृद्धभत्ताको सहाराले बाँचिरहेको छन् ।
नौ वर्षअघि बाबुलाई मकवानपुरमा कर्तव्य ज्यान मुद्दा लागेर आमासमेत जेल परिन् । उनको आमालाई ज्यान मुद्दा ठहर नभएपछि रिहा हुनुभयो । आमाको सहारा पाइएला भन्ने सोचेकी सपना तामाङलाई झन् ठूलो दुःख आयो । आमाले छाडेर अर्केसँग विवाह गर्नुभयो ।
साना बच्चासमेत हेर्ने जिम्मेवारी सपनाका हजुरबुबालाई आयो । २÷३ वर्षका नातिनी हुर्काएर शिक्षा दिँदै आएका हजुरबुबा अब वृद्ध हुनुभयो । ११ वर्षको उमेरमा अरुका बाबुआमाले छोराछोरी स्याहार गरेको हेरेर चित्त बुझाएर बस्न बाध्य सपना परिवारको पाको मान्छेबन्न बाध्य हुनुभएको छ ।
गरबीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भनेझैं सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा हुनुहुन्छ । खाने अन्न छैन बारी त थोरै छ खेती गर्न सकिने अवस्थामा छैन ।
पुराना कालो भइसकेका पकाउने भाँडा अनि अगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना र विपना हजुरबुबाको वृद्धभत्ताले किनेको चामल बचाई–बचाई खान्छन् । योभन्दा बढी अब उनीहरुसँग कुनै आम्दानी छैन । कुनै समय वृद्धभत्ता ढिला आयो भने कयाँै दिनसम्म उनीहरु भोकै बसेको र छिमेकीहरुले खानेकुरा दिने गरेको सपनाले भक्कानिएर बताउनुभयो ।
‘विद्यालय जानका लागि पोशाक पुरानो भएको छ । यसबाहेक लगाउने लुगा उनिहरुसँग एकजोर त्यो पनि ज्यादै पुरानो अवस्थामा छ । खाना खाने भाँडासमेत छैन । पकाउने भाँडा कालो भएर प्वाल पर्न लागेको छ । यो अवस्था देख्दा सरकारको ध्यान किन नगएको होला ?’, सपनाले अध्ययन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभूत विद्यालयका शिक्षक सरस्वती रिमालले भन्नुभयो– ‘मेरो विद्यालयको एउटा विद्यार्थी भोकै बसेको म कसरी हेर्न सक्छु र ? म केही सहयोग गर्नेछु ।’ रिमालले स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
थोरै बारी भए पनि काम गर्ने मान्छे नभएपछि दुई नातिनीसहित बिचल्लीमा परेको ७५ वर्षीय सपनाका हजुरबुबा जेठा तामाङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्