टाइम्स र रोयल उपाधि नजिक



काठमाडौं, (नेस) ।
टाइम्स इन्टरनेसनल र आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित ग¥यो । टाइम्सको जितमा म्यान अफ द म्याच आकाश नकर्मीले २४ अंक योगदान गरे । दोश्रो सेमिफाइनलमा निश्चल महर्जनको २२ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७२–५१ ले हरायो । रोयलका अजय कुश्वा ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल मंगलबार हुने छ । विजेताले ५० हजार नगद पुरस्कार पाउने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्