गर्भपतन विधेयक



ब्युनस आयर्स, (एजेन्सी)
अर्जेन्टिनाका राष्ट्रपति अल्वर्टो फर्नान्डेजले आगामी १० दिनभित्र गर्भपतनलाई वैधानिकता दिने विधेयक कंग्रेसमा पठाउने सोमबार बताएका छन्। गत डिसेम्बरमा शपथ ग्रहण गरेका फर्नान्डेज यसअघि गर्भपतनलाई जनस्वास्थ्यको विषय भएको बताएका थिए।

अर्जेन्टिनामा हालसम्म बलात्कारको घटनामा वा आमाको स्वास्थ्य नै जोखिममा परेको स्थितिमा मात्र गर्भपतन गराउन पाउने प्रावधान रहेको छ। विशेष परिस्थितिमा बाहेक ल्याटिन अमेरिकाभरि गर्भपतन प्रतिबन्धित रहेको छ। यदि, विधेयक पारित भएको खण्डमा अर्जेन्टिना यस क्षेत्रमा गर्भपतनलाई वैधानिकता दिने पहिलो मुलुक हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्