नेपाल लिकर्सले दीपक बज्राचार्यसँग साँगीतिक सहकार्य गर्ने सम्झौता



काठमाडौं, (नेस)
नेपाल लिकर्स प्रालि तथा गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ ।
गायक दीपक बज्राचार्यसँग नेपाल लिक्वर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आइरहेको थियो । नेपाल लिकर्सले नेपाली कला, संगीत संस्कृतीको प्रबद्र्घनलाई सदैब पहिलो प्राथमिकता दिँदै आएको छ ।
नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधरले नेपाल लिकर्स प्रालि नेपाली गीत संगीतको प्रवद्र्धन सधंै सचेत रहेको र यसै क्रममा दीपक बज्राचार्यसंँग सहकार्य प्रारम्भ गरेको बताउनुभयो ।
नेपाल लिकर्स नेपालमा एन्टीकुइटी ब्लु व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रेएर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, म्याकडोवेल्स व्हिस्की, ब्लु रिब्यान्ड जिनको उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्