जापानको नारितासम्मको नियमित उडान शुरू



काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान शुरू गरेको छ । निगमले जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान गर्ने छ । एयरबस वाइड्वडीबाट गरिने सिधा उडान हप्ताको ३ दिन सोमबार, बुधबार र शुक्रवार हुनेछ । नारिता जाँदा २३४ यात्रुले विमानबाट यात्रा गरेको थिए भने फर्किदा २६५ जनाले यात्रा गरे ।नारिताको पहिलो उडानमा नै यात्रुहरुको यो संख्यालाई उल्लेखनीय मानिन्छ भने आगामी दिनका उडानको लागि पनि राम्रै संख्यामा यात्रुहरुले बुकिङ गरेका छन् ।
नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झटसमेत समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्