कोका–कोलाको नयाँ क्याम्पेन दिउँसै झ्प–झ्फ, कोकले अप’



काठमाडौं, (नेस)
कोका–कोला नेपालले किशोर, किशोरी र युवालाई दिउँसोको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । यो नयाँ क्याम्पेनको ट्यागलाइन ‘दिउँसै झ्प–झ्फ, कोकले अप’ भन्ने रहेको छ । तपाईंलाई दिउँसो निन्द्राले झ्प–झ्प बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बुस्ट गराउँछ ।
क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेशजंग कुँवरलाई फिचर गरेर नयाँ टीभीसी सार्वजनिक गरेको छ । मध्य दिउँसोको सुस्ताका कारण निन्द्रा लागेको महशुस गरिरहेकी स्वस्तिमाले कोका–कोला अर्डर गर्दै टीभीसी शुरु हुन्छ । उनी झ्प–झ्प भएर निदाउँदा उनका क्रश (नितेश) आएका हुन्छन् र उनीले नितेशसँग भेट्ने विशेष अवसर छुटाउँछिन् । जब उनीले चिसो कोका–कोला पिउछिन्, त्यसपछि तुरुन्तै उनको इनर्जी कोका–कोलाको रिफ्रेसिङ स्वादबाट अपलिफ्ट हुन्छ । त्यसपछि उनी दौड्दै ऊंघी रहेका नितेश भएको ठाउँमा जान्छिन् र चिसो कोक नितेशको गालामा लगाइदिन्छन् र नितेश पनि उठ्छन् ।
यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘यो नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्तालाई कोक खाएर आफ्नो दिउँसोलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्दछ । हामी उपभोक्तालाई उनीहरुको पूरा दिन उत्तम रहोस् र दिउँसोको सुस्ताका कारण कुनै क्षण नगुमाउन भन्ने चाहन्छौं ।’
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो–‘ दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसोको झ्प–झ्पलाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो । यसले मेरो लागि काम गर्दछ र हाम्रा उपभोक्ताहरुलाई पनि यो प्रयास गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्