घरघरमा बडापत्र



rpt

नवलपरासी, (नेस)
पूर्वी नवलपरासीको देवचुली नगर पालिकाले नगरभित्रका हरेक घरमा नागरिक बडापत्र वितरण कार्यको शुरुआत गरेको छ ।
व्यवसायिक कृषि, पर्यटन र पूर्वाधार । वालमैत्री देवचुली बस्नयोग्य शहर भन्ने मूल नाराका साथ नगरपालिकाको चिनारी, सम्पर्क नम्बर र पालिकाको सेवा सुविधासहितको बडापत्र घर–घरमा वितरण गरेको हो ।
बडापत्रमा नगरको परिचय, अवस्थिति, सिमाना, राजनैतिक तथा प्रशासनिक विभाजन, जनसंख्या, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, भूउपयोग, जाति, भाषा, धर्मलगायतका सूचकहरु राखिएको छ ।
त्यसै गरी नागरिकलाई प्रदान गरिने सेवा सुविधा, आवस्यक कागजपत्र, जिम्मेबार अधिकारी, समय, दस्तुर जस्ता कुरा बडापत्रमा उल्लेख छन् ।
पालिकाले आफ्नो कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि नागरिक सहायता कक्षको स्थापना गरेको नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो ।
देशकै पहिलो बालमैत्री नगरका रूपमा परिचित देवचुलीले आफ्ना सवै विद्यालयमा नैतिक तथा सामाजिक शिक्षा विषय अनिवार्य नेपाली भापामा पठनपाठन गर्ने नीति लिएको छ ।
नगरपालिकाले नगर क्षेत्रबाट निकालिने खोलाजन्य प्राकृतिक स्रोतको नगरबाहिर निकासी नगर्ने र नगरलाई आवश्यकभन्दा बढी सामाग्री उत्खनन नगर्ने जनाएको छ । यसरी नै रातो माटोलाई खनिजका रुपमा लिँदै यसको दोहन नगर्ने जनाएको छ ।
बाटो , विजुली , ढलको विकाससंगै नगरपालिका र वडा भवनका भौतिक बिकासमा जुट्दै गरेको देवचुली नगरपालिकामा अपाड्गमैत्री भवन बनिनसके पनि अपाड्गका हकमा कार्यालयमा सेवाग्राहीकै अगाडि आई सेवा दिने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्