स्थापना दिवसमा अनाथलाई खाद्यान्न



नवलपरासी, (नेस)
नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीले शाखा स्थापनाको प्रथम वार्षिकोत्सवमा अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
शाखाले मध्यविन्दु नगरपालिका–१ सेतापानीस्थित शान्ति आधाभूत विद्यालय, शान्ति अनाथालय बाल उत्थान सेवा केन्द्रका २३ जना बालबालिकाका लागि ५ हजार नगदसहित दाल, चामललगायतका खाद्य सामग्री वितरण गरेको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्माले आर्थिकरुपमा विपन्न तथा सहराविहीन बनेका बालबालिकाको हितमा खाद्यान्न सामग्री वितरण गरेर शाखाले सह्रानीय काम गरेको बताउनुभयो ।
२०४७ सालमा स्थापना भएको पत्रकार महासंघ नवलपरासी देशको संघीय संरचनासँगै दुई जिल्लामा विभाजित भए पछि पूर्वी नवलपरासी शाखाका रुपमा एक वर्षअघि स्थापना भएको थियो ।
नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखामा हाल १ सय ११ जना महासंघ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्