ओखरका बिरुवा वितरण



मुगु, (नेस)
जिल्लाको उत्तरी सोरु गाउँपालिकामा एक वडाले पोषण स्थितिमा सुधार ल्याउन दाँते ओखरका बिरुवा वितरण गरेको छ।
सोरु गाउँलिका–१० ले पोषण स्थितिमा सुधार ल्याउन ४ हजार दाँते ओखरका बिरुवा वितरण गरेको हो।
वडाभरका ३ सय ६५ घरधुरीलाई प्रतिघर १० बिरुवाका दरले ४ हजार दाँते ओखरका बिरुवा वितरण गरिएको वडा अध्यक्ष धर्मराज जैसीले बताए। उनका अनुसार सोरु गाउँपालिकाको वडा नं १० ओखर खेतीका लागि राम्रो स्थान मानिन्छ।
किसानको आयआर्जनमा सुधार गरी बालबालिकाको शिक्षामा सहयोग पुगोस् र पोषण स्थितिमा सुधार होस् भन्ने उद्देश्यले ओखरका बिरुवा वितरण गरिएको अध्यक्ष जैसी बताए। दाँते ओखरका बिरुवा वडा नं १० मा रहेका विद्यालय, स्वास्थ्यचौकीलगायतका स्थानमा पनि वितरण गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्