मास्क लगाउन आग्रह



काठमाडौं, (नेस)
नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले सबै निजी विद्यालयका विद्यार्थीलाई अनिवार्य रूपमा माक्स लगाएर विद्यालय आउन आग्रह गरेको छ।
दुवै संगठनले आफ्ना सदस्य विद्यालयलाई परिपत्र गरी कोरोना भाइरसको विषयमा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले करिब ६ हजार विद्यालयलाई परिपत्र गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। यस्तै एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले उपत्यकासहितका जिल्लाका विद्यालयलाई कोरोनाप्रति सजकता अपनाउन निर्देशन दिई विद्यार्थीलाई मास्क लगाउन आग्रह गरेको स्पष्ट पार्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्