नेताहरू किन जुत्ता खान्छन् ?



नारायण खनाल, मालारानी-३, अर्घाखाँची ।

विश्व परिवेशलाई हेर्दा पहिले पहिले साउथ इन्डियन एक्ट्रेस देखि अमेरिकी राष्ट्रपति सम्मले जुत्ता खाएको समाचार पढियो। आज आफ्नै देशमा नेताहरूलाई उहाँहरूका आफ्नै कार्यकर्ताले थप्पड हानेको र जुत्ता प्रहार गरेको घटनाक्रम दोहोरिएको छ। सामान्य हिसाबले पनि मानवको अशोभनीय क्रियाकलाप भित्र पर्ने र कानुनतस् दण्डनिय बिषय हो अर्काको भौतिक शरीर माथि आक्रमण गर्नु,गाली बेइज्जती गर्नु।तैपनि आफ्नै कार्यकर्ताबाट नेताहरू अपमानित हुने क्रम बढ्दो छ।

१४डिसेम्बर २००८मा इराकमा सर्वशक्तिमान राष्ट्र अमेरिकाका सर्वशक्तिमान राष्ट्रपति जर्ज डब्लु बुसले पत्रकार सम्मेलनमा भाषण गर्दा चित्त नबुझे पछि इराकी पत्रकार मुम्तजार अल जैदीले जुत्ता प्रहार गरे र पक्राउ पछि बयानमा भने ‘अपराधी जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गर्नु मैले उसका झुटहरु प्रति, मेरो देश माथिको अमेरिकी आधिपत्य प्रति, उसले मच्चाएको ब्रह्मलुट प्रति र मेरा देशवासिको हत्या प्रतिको अस्वीकृती हो, म हिरो बन्नका लागि होइन, म केबल आफ्नो देशलाई बचाउन चाहन्थे बस्।’ २०७४ साल तिर पाकिस्तानी गृहमन्त्रीलाई जुत्ता, बिदेश मन्त्रीलाई मोसो प्रहार भएको समाचार पनि सुनियो र पढियो।त्यसै वर्ष साउथ इन्डियन एक्ट्रेस तमन्ना भाटियालाई हैदराबादमा उनका पछिल्ला फिल्म मन नपरेकाले जुत्ता हानिएको समाचार आयो ।

हाम्रो देशमा नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई देवीप्रसाद रेग्मीले थप्पड, काङ्ग्रेस पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई आफ्नै कार्यकर्ताबाट फ्रेम प्रहार तथा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई पहिले पदम कुंवरले थप्पड र अहिले रतन तनुवारले जुत्ता प्रहार गरे।यसरी घटनाक्रम दोहोरी रहेका छन् जुन चिन्ताको बिषय हो ।सतहमा हेर्दा ठिकै हो नेतालाई पिट्नु जस्तो लाग्न सक्छ तर यसले गतिलो निकास चाहिँ दिँदैन किनकि हिंसालाई बढावा दिनु उपयुक्त होइन ।तर हिरोइज्म र बहादुरीको मिथक बन्न कार्यकर्तालाई तपाईंहरू नै हौसाउनु भएको त छैन प्रश्न छ रु

चेत्नु पर्ने त नेताहरूले पनि हो ,यो सब हुनुको दोष नेतृत्व राम्रोसँग गर्न नसक्ने नेताहरूको कारणबाट भएको हो ।यति हुँदाहुँदै पनि आफ्ना कार्यकर्ताबाट आफै अपमानित हुनुपर्नाको कारण समेत कहिल्यै खोजी गर्दैनन् नेताहरू ,मात्रै तल्लो स्तरको क्रियाकलाप गर्ने आफ्ना कार्यकर्तालाई पागल भन्छन् अपराधी ठान्छन् ।हो उनीहरूका क्रियाकलाप कसैलाई मान्य छैनन् तर नेताजीहरु जनताको बलिदानी यही तपाईंहरूको क्रियाकलाप हेरेर निराश हुनुमात्रैको लागि हो रुतपाईंहरुको जीवनशैली राजसिठाँटबाँट सहितको छ।भ्रष्टाचारले ग्रसित छ देश,विदेशबाट दिनहुँ बाकसमा आउने लास माथिको राजनीति के सुहाउँदो छ रु बेरोजगारी बेहाल छ,महंगि उस्तै छ ,जनता साँच्चै अपमानित छन् ,तपाईंहरुका क्रियाकलाप र तपाईंहरुका नजिककाबाट।

जनताले तपाईंहरुलाई साथ दिएको सट्टामा के पाउनु पर्थ्यो र के पाए सम्झना छ ?
के जनताको मनमा खड्किरहेका यी प्रश्नको उत्तर चित्तबुझ्दो गरि दिन सक्नुहुन्छ,जनतालाई?

जस्तैः
(जिम्मेवार बन्नुको साटो सधै किन उत्ताउला बन्नुहुन्छ तपाईंहरु ?
(देशमा ब्याप्त महंगी ,भ्रष्टाचार के स्वाभाविक हुन् ?
(तपाईंको अगुवाइले मात्रै समृद्धिका सपनाहरु साकार पार्न सक्छ भन्ने अविचलित विस्वास तपाईंहरूमा नै किन भेटिन्न ?
(भ्रष्ट जीवनशैली तपाईंहरुको कारण बढेको होइन ?
(कर्मठ युवाको बाकसमा लास देख्दा तपाईंहरूको त्यो मन किन दुख्दैन ?
( स्थिरता र समृद्धि खै ?
(सत्ताको छिना झपटी मात्रै गर्ने कुरा शोभनीय छ ?
यी र यस्ता अनगिन्ती प्रश्नको उत्तर खोजेका छन् जनताले तर तपाईंहरुको उत्तर दिने सामर्थ्य न दर्विलो छ न गर्विलो । आफुलाई वशमा राख्न नसक्ने कार्यकर्ता त दोषी छन् नै त्योभन्दा बढी दोषी तपाईंहरूका क्रियाकलाप होइनन् र ?

तपाईंका गलत क्रियाकलापको सकारात्मक आलोचना गर्नेहरुलाई त तपाईंहरु देख्न सहनुहुन्न तर तपाईंहरुले थप्पड वा जुत्ता उपहार पाइरहँदा खुच्चिङ गर्नेको लाम कत्रो छ रुकल्पना गर्नु भा छरु र अचम्म त के भने कस्तो संस्कार दिनु भा छ कार्यकर्तालाई एउटा पार्टीकाले थप्पड खाँदा अर्कोकाले तालि बजाउँदै खुसियाली बाँड्छन्।बिषयको गाम्भिर्यता बुझ्दै नबुझी खुच्चिङ गर्ने र आफ्ना नेतालाई अपमान गर्दा आफू र आफ्नोपन अपमानित हुन्छ भन्ने कुरा थाहा नपाउने कार्यकर्ताको उत्पादनबाट धेरै आशा कसरी गर्न सकिन्छ र ?

आफ्नै कार्यकर्ताबाट मात्रै होइन कसैबाट पनि अपमानित नहुन नेताज्यूहरुले निम्न काम गर्नुपर्ने देखिन्छ :

  • नेताहरूको इगो ब्यबस्थापन र आकांक्षा ब्यबस्थापन ,मर्यादा ब्यबस्थापन गर्नु
  • चट्टान जस्ता अडान र दृष्टिकोण भएका चेतनशील कार्यकर्ता बनाउनुस्
  •  तपाईं अपमानित हुँदा पार्टी जेसुकै होस् अपमानबोधले कालोनिलो हुने जनता बनाउनुस्
  • जनतालाई खुनको आँसु रुनु पर्ने गरि देश नलुछ्नुस्
  • जनताको हृदयमा त्यागी बलिदानी ,राष्ट्रप्रेमी नेता हो भन्ने अनुभुती शिलालेख झैँ खोपिदिनुस्
  • खण्डहर , जनताका आवाजहरुको संरक्षण गर्नुस्
  • जनतालाई तपाईंहरुको पक्षमा लागेर आफुलाई कमजोर ,शक्तिहीन र लाचार हुनुको पिडाले चिमोटिएको आभाष नहुने गरि काम गर्नुस्
  • दुखिका आर्तनादहरु सुन्ने हिम्मत बटुल्नुस्
  • देशको विकासलाई गतिदिनुस् ,महंगी नियन्त्रण गर्नुस्
  • रोजगारी सिर्जना गर्नुस्
  • आफ्नै तुच्छ क्रियाकलाप जसले कार्यकर्तालाई विरोध र प्रतिरोधका लागि सधै उक्साइरहन्छन् रोक्नुस्
  •  कत्लेआम सपनाहरू जसले विद्रोहको बाटोमा हिंड्न प्रेरित गर्छन् ,ती सपनाहरुको संरक्षण गरेर समृद्धि फुलाउनुस्

जब नेताहरूले कार्यकर्ताबाट गरिएका अपमानजनक कार्यहरु आफ्ना क्रियाकलापप्रतिको अस्वीकृती हो भनेर बुझ्न थाल्छन् तबमात्र यस्ता उरन्ठेउला क्रियाकलाप रोकिन्छन् ।नेताहरूमा देखिएको अस्थिरताको प्रवृत्ति भविष्यप्रति उहाँहरुमा टुटेको विस्वास हो ।यो सच्चिन आवश्यक छ।जनतामा अहिले पनि तपाईंहरु माथि प्रश्न छ ,प्रतिबद्धता खोक्न मात्रै गरिन्छ कि पूरा गर्न रु राष्ट्र र जनताको हित सर्वोपरि ठान्ने हिम्मत बटुलेर गम्भीर र आदर्शवान् नभए सम्म गलत क्रियाकलाप दोहोरीरहन्छन् ।यस्ता क्रियाकलाप रोक्न तपाईंहरु नै पहिला सच्चिनुपर्छ।नत्र तपाईंहरु अपमानित हुने दिन दोहोरी रहनेछन् ।

हामी तपाईंहरुलाई सुनिरहेका छौँ ,झेलिरहेका छौँ ,सहन गरिरहेका छौँ ,जब तपाईंहरुका खोक्रा शब्द मथिंगलमा हथौड़ा झैँ बज्रन्छन् ,त्यसको प्रतिक्रिया स्वरूप आँखा वरिपरि झलझली आउने भ्रष्टाचार र महंगीले ग्रसित देश,आन्दोलनका घाइते र अपाङ्गहरु,विधवा र टुहुराहरू,बलात्कृत अबोध बालिकाहरू ,तपाईंहरूको विलासी जीवन धानिदिन विप्रेषणको खोजीमा विदेशीन बाध्य सृजनशील युवाहरू,दुखिरहेको नेपाल आमाको स्वाभिमान र स्वतन्त्रता अनि सहिदको खेती गर्न रोपिएका सहिदका टुटेका र पूरा हुन नसकेका सपनाहरूले नै कार्यकर्ताहरू विक्षिप्त बन्छन्,सहन गर्न नसक्ने छटपटाहट हुन्छ अनि भत्किन्छ ,उनीहरूको अनुशासन ।अनि तपाईंहरू थप्पड वा जुत्ताको शिकार बन्नुहुन्छ।कार्यकर्ताका यस्ता घटिया क्रियाकलाप तपाईंहरू प्रतिको असीम घृणाले उब्जाएको प्रतिफल हो ।यो अमानवीय काम रोक्न तपाईंहरू सच्चिनुस्।यसैमा सबैको कल्याण छ।

प्रतिक्रिया दिनुहोस्