काग्रेसले भन्यो : कोरना भाइरसबाट बच्न राष्ट्रिय अभियान सञ्चालन गरौं



नेपाल समाचारपत्र,काठमाडौं । 

विश्वव्यापी रूपमा महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) प्रति गम्भिर नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सरकारलाई यसबाट बच्न राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काग्रेसले देश विदेशका नेपाली नागरिकलाई जोगाउन १४ बुदे अपिल पनि गरेको छ ।

यो भाइसरका कारण विश्वमा नै मानवजाति माथि नै संकट उत्पन्न हुदै गएकोले भन्दै प्रमुख प्रतिपक्षदल काग्रेसले यो भाइरसबाट बच्न काग्रेस सरकार संग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि जनाएको छ ।

विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस् भन्दै प्रवक्ता शर्माले भन्नुभयो– प्रमुख प्रतिपक्षदल सम्पुर्ण रुपमा सरकारलाई सघाउन तयार छ । ‘दशा बाजा बजाएर आउन्न भन्ने एक पूरानो कहावत छ ।

तर प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ ।’ प्रवत्ता शर्माले भन्नुभयो– यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि नेपाली कांग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा हार्दिक अपील गर्दछ ।

काग्रेसले कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाउनु पर्ने जनाएको छ । साथै संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन पनि काग्रेसले माग गरेको छ ।

हिजो सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्राष्ट्रि«य विमानस्थलको चेकजाँचको प्रक्रिया विलकुलै कामचलाउ प्रकृतिको फितलो देखिनु अत्यन्तै दुःखद र आपत्तिजनक भएको भन्दै काग्रेसले भनेको छ– विमानस्थलको प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन, तर भाषणका मञ्चबाट सतर्कताको अपील मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्दछ । सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस् ।

वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै काग्रेसले वैकल्पिक दर्जनौं क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा काम गर्नुपर्ने औल्याएको छ ।

साथै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी रहेको भन्दै काग्रेसले ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्नुपर्ने जनाएको छ ।

काग्रेसले कोरना भाइरसबाट बाट नेपालीलाई बचाउनको लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अघि बढाउनु पर्ने सुझाव पनि दिएको छ ।

कोरना भाइसरबारे विशेष ध्यान दिन आग्रह गर्दै काग्रेसले संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न र एन ९५ मास्क पर्याप्त प्रबन्ध गर्न सरकारले ध्यान पु¥याउनु पर्ने सुझावपनि काग्रेसले दिएको छ । साथै, संक्रमण भित्रिएर फैलिएका खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सरकारको सतर्कता अपनाउनु पर्ने प्रवक्ता शर्माको भनाई थियो ।

चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्दार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मरण गराउदै काग्रेसले भनेको छ– ठूलो संख्यामा नेपालीहरु रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढंगले फैलिएको छ ।

त्यस्तो देशमा रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न र अत्यावश्यक परे उद्दार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ, तत्काल विमर्श गरियोस् । कोरोना संक्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमहरुको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने काग्रेसले जनाएको छ ।

ठूला र समृद्ध राष्ट्रहरु समेत कोरोनासँग जुध्न संघर्षरत रहेको बेला छिमेकीहरुको प्रबन्धले हामी ढुक्क छौं भन्ने प्रकृतिको हास्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार हाम्रा लागि महँगो पर्न भन्दै काग्रेसले जोखिम सामना गर्न कुनै पनि ढंगको कमजोरी र सम्झौता नगर्न नेपाली कांग्रेसले नेपाल सरकारलाई सार्वजनिक अपिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्