अजिता भुजेल हत्या काण्ड : पुर्पक्षका लागि ५ जना कारागार चलान



न्युज अफ नेपाल,हेटौंडा।

हेटौंडाकी करिब ३९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई पुर्पक्ष थुनामा पठाइएको छ । जिल्ला अदालत मकवानपुरले उक्त आदेश दिएको हो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि एलिशाले धरौटी तिर्न नसक्ने बताएपछि उनलाई चितवन कारागार चलान गरिएको छ ।

जिल्ला न्यायाधीश कमलराज बिष्टको एकल इजलाशले हत्यामा संलग्न रहेका ५ जनालाई पुपक्र्षका लागि करागार पठाउन र एलिशालाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । हत्या आरोपी हेटौंडा–४ बस्ने २४ वर्षीय आशीष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भनिने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा–४ का घन्टाउके भनिने सुशील थापामगर र सोनम गोलेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालतका स्रेस्तेदार केशबराज कौशिकले जानकारी दिनुभयो ।

हत्यामा संलग्न एक व्यक्ति एलिशाकी साथी थिइन् । उनै साथीले अजिताको मोबाइल एलिशालाई उपहार दिएका थिए । एलिशाले उक्त मोबाइलमा सिम हालेर चलाउँदा अनुसन्धानबाट प्रहरीले पक्राउ गरेको थियो । एलिशाबाटै सबै हत्या आरोपी समात्न प्रहरी सफल भएको थियो ।

माघ ४ गते हेटौंडा–५ को क्याम्पाडाँडामा मृत फेला परेकी भुजेलको हत्या यौन सम्पर्कपछि रकम विवादका कारण भएको खुलेको प्रहरीले जनाएको थियो । अजितालाई हेटौंडा–११, थानाभ¥याङस्थित ट्रकमा आरोपीहरुले यौनसम्पर्क गरी पैसामा विवाद भएपछि तारले घाँटी च्यापेर हत्या गरिएको प्रहरीसँग बयान दिएका थिए ।
अजिताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलोपटक लैंगिक पहिचानका आधारमा नागरिकता लिनुभएको थियो । उहाँले समलिंगी विवाह गर्नुभएको थियो । अजितासँग यौनसम्पर्क गरेपछि सात हजार रुपियाँ नदिँदा विवाद भएको र हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

माघ २० गते प्राविधिक अनुसन्धानका आधारबाट हेटौंडा–११ बस्ने पाख्रिनसँग मृतक भुजेलको ओप्पो मोबाइल बरामद भयो । उनलाई सोध्दा आशीष बलले दिएको भन्ने बताइयो । आशीष बललाई खोजतलासपछि पक्राउ गरी सोधपुछ गर्दा उक्त मोबाइल हेटौंडा–४, कर्रा बस्ने बुद्ध लामाले दिएको भन्ने बताइयो ।

सोपश्चात् तत्काल बुद्ध लामालाई चितवनबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा उनले मोबाइल कर्रा बस्ने वर्ष २४ का भापु भनिने ना. ६ ख ६५२७ नम्बर आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको भन्ने बताए । तत्काल भापु (परियार) लाई पक्राउ गरियो । घटनाका मुख्य भनिने परियारमाथि अनुसन्धान गर्दा भुजेलको हत्या गरेको खुलेको हो ।

उनलाई सोधपुछ गर्दा माघ ३ गते राति करिब १० बजे भापु भनिने परियारले ना.६ ख ६५२७ नम्बर आइचर ट्रक साहुलाई नसोधी गाडी स्टार्ट गरी कमानेबाट हेटौंडा–१० को बसपार्कमा आए ।
उनले चुरोट किनेर खाँदा हेटौंडा–४, कर्रा बस्ने घन्टाउके भनिने थापामगरलाई भेटी यौनसम्पर्क गर्न भनी दुबै जना सल्लाह गरी ट्रक सुनिल थापाले चलाएर थानाभ¥याङमा राति करिब १२ बजे पुगेकोमा ट्रक थानाभ¥याङस्थित पूर्वपश्चिम सडकखण्डको छेऊमा पार्किङ गरेका थिए ।

सुशील थापामगर गाडीबाट झर्दा भुजेललाई भेटी ४ जनाले ७ हजार रुपियाँमा यौनसम्पर्क गर्ने कुराकानी भयो । प्रहरी भन्छ–उनीहरु भुजेलसहित ट्रकमा चढेर चारै जनाले ट्रकको अगाडिको क्याबिनमा रहेको सिटमा पालोपालो यौनसम्पर्क गरे । र, अजिताले पैसा माग्दा विवाद भयो । त्यसपछि सुशीलले अजिताको घाँटीमा सोही गाडीमा रहेको बिजुलीको तार बाँधे । अजितालाई अँठ्याएर बेहोस बनाइयो ।

सबै मिली हत्या गरेपश्चात् सुशीलले ट्रक चलाएर सबैजना मिली अजिताको शव सोही ट्रकमा क्याम्पाडाँडामा लगेर सडकको छेऊमा राखे । र, उनीहरु त्यहाँबाट फरार भए । सुशील चोरी मुद्धामा तीन वर्ष जेल बसेर भर्खर निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्