नेपाल लिकर्स र गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य



न्यूज अफ नेपाल, काठमाडौं । नेपाल लिकर्स प्राइभेट लिमिटेड र गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य गर्ने सम्झौता भएको छ । आज एक कार्यक्रमको आयोजना गरी उक्त दुईपक्षीय सम्झौताबारे जानकारी गराइएकाे हो ।

विगत लामो समयदेखि नेपाल लिकर्सले गायक बज्राचार्यसँग सहकार्य गर्दै आएको थियो । सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप नेपाल लिकर्सले गायक बज्राचार्यसँग सहकार्य गरेको नेपाल लिकर्सले कार्यक्रममा जानकारी दिएकाे छ ।

दीपक बज्राचार्यसँग काम गर्न पाउँदा उत्साहित भएको र उक्त सहकार्यले नेपाली संगीतको विकास तथा प्रवद्र्धनमा प्रेरणामुलक तथा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएकाे छ । कार्यक्रममा नेपाल लिकर्सका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश विर सिंह तुलाधरले सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप नेपाललिकर्सले गायक वज्राचार्यसँग सहकार्य गरेको बताउनुभएकाे थियाे ।

नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कचचापदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्