न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा अर्याल



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई समिति अध्यक्षमा नियुक्त गरेको हो । नेकपा निकट अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत अर्यालले केही दिनपछि परभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री परिषदको निर्णय लगत्तै प्रेस संगठन नेपाल उपत्यका प्रदेशले उहालाई सम्मान गरेको थियो । आज उपत्यकाका तीनै जिल्लाका संयोजक , सहसंयोजक सहित प्रदेश कमिटिले उहालाई सम्मान गरेको हो ।

उहालाई वागमती प्रदेश इन्चार्ज विश्वमणी सुवेदी, इन्चार्ज सुरोजंग पाण्डे, उपत्यका प्रदेश संयोजक नवराज दाहाल र सह इन्चार्ज प्रकास सिलवाल लगायतले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा उहाले आफुले पत्रकारीता क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताउदै सधै श्रमजिवी पत्रकारको पक्षमा उभिने बचनबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्