ईस्लिंगटन कलेजलेद्वारा आयोजित ‘एस्पायर इंटर कलेज इभेन्ट २०२०’ सफलतापूर्वक सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

ईस्लिंगटन कलेजलेद्वारा आयोजित ‘एस्पायर इंटर कलेज इभेन्ट २०२०’ को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले हात पारेको छ ।

फेब्रुअरी २६ देखि फेब्रुअरी २८ सम्म आयोजना गरिएको सो कार्यक्रम विभिन्न व्यवसायसंग सम्बन्धित प्रतिस्पर्धाको एक विस्तृत श्रृंखलाको समिश्रण रहेको थियो ।

ईस्लिंगटन कलेजलेले आयोजना गरेको इभेन्टले सहभागीहरूलाई आफ्नो अधिकतम क्षमता देखाउने प्लेटफर्म प्रदान गरेको छ । सहभागीहरुलाई आफ्नो क्षमता देखाउने राम्रो अवसर रहेको उक्त इभेन्ट अब हरेक वर्ष आयोजना गरिने भएको छ । कार्यक्रममा विद्यार्थीको सहभागिताले उनीहरूमा समय व्यवस्थापन, टीममा काम गर्ने बानि र नेतृत्वशैली उच्च हुने आयोजकले विश्वास राखेका छन् ।

सो कार्यक्रममा विद्यार्थीहरूका लागि एक विशिष्ट बजेट विनियोजन गरिएको थियो । जहाँ प्रतिस्पर्धी विद्यार्थीहरुले न्यूनतम समय र साधनमा उच्चतम परिणाम देखाएका थिए । सहभागीहरूले कार्यक्रमको क्रममा टीम वर्कको प्रदर्शन पाएका थिए । प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्षहरू वास्तविक जीवन परिदृश्यहरूको सामना गर्नका लागि उपायहरुको जानकारी पाएका थिए । सो कार्यक्रममा सहभागी विद्यार्थिहरुलाई अनुकुल क्षेत्र बाहिर काम गर्न र विश्व(ब्यापारको अनुभव र अनुभूति प्रदान गर्दै त्यसमा आफुलाई कसरी समाबेश गराउने भन्ने ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रममा ६ फरक फरक अभ्यासहरू गराइएको थियो । जसबाट विद्यार्थीको सीमित समयमा वास्तविक लक्ष्यहरुमा उनीहरूको सीप र क्षमताको प्रयोग गरि उनीहरुको मुल्यांकन गरिएको थियो । विभिन्न ६ फरक अभ्यासहरू स्टार्ट-अप आइकन, मनी मास्टर, दि लास्ट मार्केट कल, कर्पोरेट एलाइट्स, ग्लोबल हीरो र सीईओ अफ इअर सिकाइएको थियो ।

समापन समारोह २८ फेब्रुअरीमा ब्रिटेनमा एक दिन भन्ने ‘फनफेस्ट’ को आयोजना गरिएको थियो । विभिन्न परम्परागत ब्रिटिश संस्कृति प्रदर्शनीसहित ईस्लिन्टन कलेज परिसरमा आयोजना भएको सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्