प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाका लागि मोदीले दिए शुभकामना



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रियाका लागि शुभकामना दिएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मोदीले सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् ।

मोदीले ट्विटमा लेखेका छन, ‘भगवान पशुपतिनाथले तपाईलाई सँधै राम्रो स्वास्थ्य, खुशी र तपाईको लामो जीवनको आशिष दिऊन् ।’ यस्तै, नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको निरन्तर योगदानको प्रतीक्षामा रहेको मोदीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्