प्रचण्डमाथि जुत्ता प्रहार: एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको घटना छानबिनका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको संयोजकत्वमा समिति गठन गरिएको हो । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुम्लाका २२ वर्षीय रतन तिरुवनाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

अभद्र व्यवहारमा म्याद थप गर्न तिरुवालाई सोमबार अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिरुवालाई महानगरीय प्रहरी वृत्त संहदरबारमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्