चैतमा आउने भयो नीरफूल



सञ्चारकर्मी फूलमान बलद्वारा निर्देशित फिल्म नीरफूल फागुन ७ गते अल नेपाल रिलिजमा आउने भएको छ। आगामी फागुन ३० का लागि रिलिज डेट तोकिएको फिल्म फागुन २३ मा हुने भनिएको म यस्तो गीत गाउँछु–२ हिन्दी फिल्म बाघी–३ का कारण फागुन ३० मा सरेपछि चैत ७ गते रिलिजमा ल्याइन लागेको हो।
‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’, निर्देशक बल भन्छन्– ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ भनेर हामी एक साता पछाडि सरेका हौं।’ फिल्मको ट्रेलर सोमबार सार्वजनिक हुँदै छ। भूकम्पमा परी बिछोडिएको परिवारले पुनर्मिलनका लागि गर्ने संघर्षमा आधारित फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइबा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबालगायतले अभिनय गरको छन्।
फिल्ममा पटकथा सचिन घिमिरे र निर्देशक बलको रहेको छ भने सचिन एसोसिएट निर्देशकका रूपमा पनि छन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्