नेकपाले टुंग्यायो एकता



दिलकुमार लिम्बु, ताप्लेजुङ

तेस्रो जिल्ला कमिटीको फागुन १५ देखि १८ गतेसम्म चलेको बैठकले जिल्लाको एकता टुंग्याएको हो ।
नेकपा जिल्ला अध्यक्ष विजय प्रकाश वनेमले दिएको जानकारी अनुसार जिल्लामा २५ विभिन्न बिभाग बनाउदै बिभाग प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको हो ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा मातृकाप्रसाद भट्टराई संयोजक र ठाकुर साम्सोहाङ सचिव वनेका छन् । भने, निर्वाचन क्षेत्र ‘ख’ मा संयोजक नेत्रप्रसाद न्यौपाने र सचिव गोपाल थोप्रालाई चयन गरिएको हो ।

जिल्ला सल्लाहकार परिषद्मा अध्यक्ष अमृत मादेन र सचिव पूर्ण इजम छन् भने जेष्ठ कम्युनिस्ट मञ्चमा अध्यक्ष रविरत्न प्याकुरेल र सचिव खड्ग विक्रम थुलुङ चयन भएका हुन् ।

दुई दिन चलेको नेकपाको जिल्ला कमिटी बैठकले सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वका नेता र संघिय समाजवादी फोरम परित्याग गरी पार्टी प्रवेश गरेका समेतलाई जिल्ला कमिटिमा मनोनीत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्