प्रदेश सरकारलाई गाई किन्न सुझाव



विराटनगर, (नेस)

प्रदेश–१ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रत्येक टोलमा वैतरणी तार्नका लागि गाई किन्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।

आइतबारको संसद् बैठकको शून्य समयमा बोल्दै कार्कीले सरकारले कोरोना भाइरस संक्रमण रोक्न कुनै तयारी नगरेको भन्दै कोरोना फैलिए अवस्था विकराल हुने भएकाले टोलैपिच्छे वैतरणी तार्ने गाई किनिदिन सरकारसँग माग गर्नुभएको हो। कार्कीले मरेपछि ५ लाख दिएर विपद् व्यवस्थापन हुने हो ?

भन्दै प्रश्न पनि गर्नुभएको छ। कार्कीले प्रदेश–१ टुरिस्ट कर्मचारी प्रदेशमा पैसा कमाउन मात्रै आउने गरेकाले जताततै बेथिति बढेको बताउनुभयो। कार्कीले तत्कालै प्रदेशमा कर्मचारी भर्ना गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

सांसद ज्योति सुब्बाले धरानबाट केरीबारी जाने बाटोमा पुल नहुँदा बर्खायाममा आवतजावतमा समस्या भएकाले केराबारीस्थित बिमिरे खोलामा पुल निर्माण गर्न सरकारसँग माग गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्