कोरोना संक्रमणको खतराका कारण भ्रमण वर्ष स्थगित



न्युज अफ नेपाल,काठमाडौँ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा स्थगित गर्र्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन सक्ने भन्दै भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा स्थगन गरिएको हो। सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना हुन लागेकाले मन्त्रिपरिषद् बैठक आइतबार नै गरिएको हो।

प्रतिक्रिया दिनुहोस्