प्रचण्डमाथि जुत्ता हान्ने रतन तिरुवा भन्छन् -‘मैले गोल्डस्टार लगाएको थिएँ’



न्युज अफ नेपाल,काठमाडौँ ।

आईतबार एक सार्वजनिक कार्यक्रममा नेकपा अध्यक्ष पचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूले हानेको जुत्ताको गोल्डस्टार ब्राण्डको रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा आफूले प्रहार गरेको जुत्ताको बिषयमा कुन ब्राण्डको जुत्ता हो रहेछ ? भन्ने मानिसहरुको जिज्ञासाको जवाफ भएको बताएका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्