प्रचण्डमाथि जुत्ता हान्नेलाई प्रेस सल्लाहकारले हाने लात्ती



न्युज अफ नेपाल,काठमाडौँ ।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवामाथि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले लात्ती प्रहार गरेका छन् ।

जुत्ता प्रहार लगत्तै तिरुवालाई प्रहरीले नियन्त्रणमा लिँदै गर्दा उनले प्रहरीलाई नै धकेल्दै तिरुवालाई लात्तीले हिकार्एका थिए ।रतनका बुबा मोहन तिरुवाले जनयुद्धमा ज्यान गुमाएका थिए ।

रतनले जनयुद्धमा बुबा गुमाएको आक्रोशमा जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ ।पक्राउ परेका रतनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनले प्रहार गरेको जुत्ता दाहाललाई भने लागेको थिएन।

प्रतिक्रिया दिनुहोस्