बेलायती प्रधानमन्त्रीले गरे दाेस्रो विवाह



न्युज अफ नेपाल, लण्डन ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रेमिका क्यारी सिमोन्डसले विवाह गरेको र छिट्टै बच्चा जन्माउन चाहेको घोषणा गरेका छन् ।

प्रेमीका सिमोन्ड्सले पनि जोन्सन र आफ्नो अनौपचारिक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी थिइन् । शनिबार ‘इङ्गेजमेन्ट’ गरेको बताउदै उनीहरुले छिट्टै बच्चा जन्माउने घोषणा गरेका हुन् ।

५५ वर्षीय बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको यसअघि २०१८ मा २६ वर्षे वैवाहिक सम्बन्ध समाप्त भएको थियो । सम्बन्धविच्छेदपछि बोरिसले ३१ वर्षीया सिमोन्ड्ससँग प्रेम सम्बन्ध राखेका थिए ।

प्रेमीका सिमोन्ड्स भने सामान्य आम नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्