पाटन दरबार क्षेत्रमा युवा मेला



न्यूज अफ नेपाल, ललितपुर । 

युवा उद्यमशीलता प्रर्वद्धन गर्न शनिबार पाटन दरबार क्षेत्रमा मेलाको आयोजना गरिएको छ ।

ललितपुर महानगरपालिका– १६, मिखा कन्सलटिङ प्रा. लि र यल वयेर्सले संयुक्त रुपमा सो मेला आयोजना गरेको हो । लोकल मेड इन नेपाल नाउ“ दिएर आयोजना गरिएको सो मेलामा युवावर्गले उत्पादन गरेका विविध सामग्रीहरुको ३० वटा स्टल राखिएको थियो । ती सामग्रीहरुमा लत्ता कपडा ,श्रृंगार सामग्री, सज्जावटका लगायत रहेका छन् ।

युवावर्गलाई उद्यमशील बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताउ“दै यल वयेर्सका प्रोपराईटर सिद्धार्थ शाक्यले भन्नुभयो ‘युवाहरु संलग्न रहेको व्यापार,उत्पादनलाई प्रर्वद्धन गर्ने मेलाको लक्ष्य हो । ’ उहा“का अनुसार मेलाको माध्यमबाट करिब दुई सय युवाहरु परिचालन भएको छ ।मेलामा युवावर्गले आफ्नो सागितिक प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

स्वदेशका अधिकाशं युवावर्ग आफ्नो देशमा केही गर्न सकिन्छ भन्ने विश्वास नभएपछि विदेश जाने गरेको अवस्थामा यस मेलाको सन्देश, महत्व रहेकोले आयोजक भएको महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वैदेशिक रोजगारमा जाने प्रवृतिलाई रोक्न र स्वदेशमै युवा स्वरोजगारी वा उद्यमशीलता विकासमा दायित्व बोध गरेर वडाले भूमिका निर्वाह गरेको पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।

यस अघि सो वडाले कला र संस्कृति महोत्सव, स्थानीय महिला उद्यमशीलता प्रर्वद्धन गर्न आयोजना गरिएको बुबहाल मेला र दशै मेलामा मुख्य सहयोगी भूमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्