देविचौरमा मृत अबस्थामा चितुवा फेला



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको गोदावरी नगरपालिका–७ देविचौरस्थित कमेरोडोलमा मृत अबस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय ललितपुरले जनाएको छ । कमेरोडोल नजिकको खोल्सोमा शनिबार चितुवा मृत अवस्थामा फेला परेको हो ।

स्थानीयले खोल्सोमा मृत अबस्थामा चितुवा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । वन कार्यालयका सूचना अधिकारी तथा सहायक वन अधिकृत थीरप्रसाद कोइरालाका अनुसार उक्त चितुवा भाले भएको पाईएको छ ।

६ फिट ६ इन्च लम्बाई रहेको उक्त चितुवाको मुटु फुटेर मरेको हुन सक्ने निष्कर्ष पोष्टमार्टमपछि डाक्टरले निकालेको सूचना अधिकारी कोइरालाले बताउनुभयो ।

‘चितुवाको अबस्था हेर्दा बाहिरी घाउचोट देखिँदैन। गोलीगालेको, चोटपटक देखिँदैन । फुडपोईजनले मरेको देखिँदैन । मुटु फुटेर मरेको हुन सक्छ ।’, डाक्टरको भनाई उदृत गर्दै उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्