जनयुद्धमा बुबा गुमाएका रतनले गरे प्रचण्डमाथि जुत्ता प्रहार



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाका २२ वर्षीया रतन तिरुवा रहेका छन् । आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

रतनका बुबा मोहन तिरुवाले जनयुद्धमा ज्यान गुमाएका थिए । रतनले जनयुद्धमा बुबा गुमाएको आक्रोशमा जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ ।

पक्राउ परेका रतनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्